
काठमाडौं / आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ । कोरोना महा’मारीको प्र’को प र निषे’धाज्ञा क’डा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।
गत वर्षको गणतन्त्र दिवसमा पनि यस्तै अवस्था थियो । यस साल पनि कोरोना सङ्क्रमणको जो’खि मकै कारण कुनै विशेष कार्यक्रम राखिएको छैन ।
अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सै’नि क मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।
जगाएन जनतामा आशा
२०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक बसेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । यस दिनलाई लामो शाहवंशीय राजजन्त्र अ’न्त्य भएर जनताको शासन अर्थात् गणतन्त्र आएको खुसीयालीमा दिवसका रुपमा मनाइन्छ ।
गणतन्त्र घोषणा भएका १३ वर्ष बितेर गए पनि मुलुक र जनताले उल्लेख्य प्रगतिको आभाससम्म पनि गर्न पाएका छैनन् । गणतन्त्रपछिका करिब ७ वर्ष संविधान बनाउने कचिं’गलमै बितेर गएका थिए । पहिलाे संविधानसभा विना उपलब्धि अस’फल भएपछि जनतामा थप नि’रा शा चुलिएकाे थियाे ।
तर दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि र मुलुक संघीयतामा गएपछि सर्वत्र खुसीयाली र नयाँ आशा छाएको थियो । तापनि त्यसयता समेत सत्ताकै लागि राजनीतिक दलहरुमा हानाथाप जारी रहेकाले मुलुकमा स्थिरता समृद्धिको आशा निर’र्थक भइरहेको छ ।
पछिल्ला वर्ष मुलुकमा अरा’जकता, भ्र’ष्टा चार तथा द’ण्डही नता समेत बढ्दै गएर जनतालाई थप नि’रा श बनाइरहेको विश्लेषण भइरहेको छ । यसअघि गणतन्त्र दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको थियो । (news24 nepal बा’ट)