शनिबार ०८ आश्विन २०७९

विराटनगर / उद्योगपति, नेता र मन्त्रीका आसेपासेहरुलाई मात्र कोरोना विरु’द्धको खोप सुटुक्क दिएको थाहा पाएपछि विराटनगरमा स्थानीय बासिन्दाले त्यसको वि’रो ध गरेका छन् ।

शुक्रबार विराटनगर-२ तीनपैनीस्थित सिटी सिनेमा हल क्षेत्रमा कोरोना विरू’द्धको दोस्रो डोज पहुँचवालाई मात्र दिइएको सूचना पाएसँगै स्थानीयबासीहरुले त्यसको वि’रो ध गरेका हुन् ।

स्थानीयले वि’रो ध गरेको सूचना पाएपछि प्र’ह री घट’नास्थलमा पुग्यो र स्थानीयलाई सम्झाइ बुझाइ गरेको थियो । विरो’धपश्चात कोरोना विरु’द्धको खोप लगाउन सुटुक्क त्यहाँ पुगेका उद्योगपती, नेता र मन्त्रीनिकटका आसेपासेहरु आफ्नो बाटो लागेका थिए ।

स्थानीयले सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित कोरोनावि’रुद्ध मैदानमा उत्रिएकाहरुलाई खोप लगाएको भए आफूहरुले सलाम दिने बताएका थिए । उनीहरुका अनुसार महा’मारी वि’रुद्ध नखटिने तर, खोप लगाउन सुटुक्कै आएपछि त्यसको वि’रो ध नगरी बस्न सकेनौँ ।

स्थानीयले पहुँचवालालाई कोरोना विरु’द्धको दोस्रो डोज सुटुक्क लगाइदै छ भन्ने सूचना पाएसँगै आफूहलाई पनि खोप चाहिने भन्दै पुग्दा धेरैजसो उद्योगी, नेताले खोप लगाइसकेका थिए ।

उद्योग संगठनका अध्यक्ष तथा सिटी सिनेमा हलका सञ्चालक सुयस प्याकुरेलले नै पहुँचवालालाई सुटुक्क बोलाएर खोप लगाएको बताइएको छ । निश्चित व्यक्तिलाई मात्र खोप लगाउने भनिए पनि पहुँचवालालाई सुटुक्क खोप लगाइएपछि स्थानीयले उक्त विषयको निष्प’क्ष छानबिन हुनुपर्ने माग गरेका छन् । त’स्विर :- koshi online बा’ट

भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

१११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया