आइतबार १७ मंसिर २०८०

पोखरा / पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ती बन्द हुँदा एक सुत्के’रीसहित सात को’रोना सङ्क्र’मितको नि’ध न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा ब’न्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्या’न गुमा’एका हुन् ।

बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइ’सोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको नि’ध न भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए । तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएका थिए । उनको अस्पतालमा शल्य’क्रिया विधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो नि’ध न भएको बताइएको छ ।

डा श्रेष्ठले भन्नुभयो, “प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिँजो दिउँसो ४ः०० बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९ः०० देखि १०ः०० बजेसम्म पूरै ब’न्द भयो, हाइफ्लो र भेन्टिले’टरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?”

प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्याँस प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ ।

पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै स’मस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

को’रोना सङ्क्रमित बढेसँगैै सरकारले पश्चिमाञ्चल अस्पताललार्ई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले कोभिड ओपिडी बाहेकका अन्य सबै आपिडी सेवा ब’न्द गरेको छ । हाल ७० श्ययामा को’रोनाका बिरामीको उपचार हुँदै आएकामा अस्पतालका ४०० हाराहारी श्ययामा नै कोरोना उपचार गर्ने तयारी गरिएको छ ।

१४०० पटक हेरिएको

तपाईको प्रतिक्रिया