आइतबार ०७ कार्तिक २०७८

काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच वालुवाटारमा भेटवार्ता भएको बताइएको छ । राजनीतिक हिसावले भिन्न दृष्टिकोण राख्ने र धार्मीक विचारमा भिन्न बिचार रहेका दुई नेताबीच भएको गोप्य वार्तालाई वडो चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न थापा शुक्रवार विहान वालुवाटार पुगेका थिए । उनीहरुबीच गोप्य वार्ता भएको बताइएको छ ।

तर के विषयमा कुुराकानी भयो भन्ने कुरा भने खुलेको छैन । गणतन्त्र, धर्म निरपेक्षता र संघियताका समेत वि’रोधी रहेका कमल थापा र प्रधानमन्त्री ओलीबीच अनौठो सम्बन्ध रहेको बताइएको छ । धर्मलाई अ फि म मान्ने पार्टीका अध्यक्ष रहेका ओलीको पछिल्लो घटनाक्रम भने धार्मीक बढी छन । पशुपतिमा सुनको गजुर, रामजानकी मुर्ती स्थाना देखि अन्य धार्मीक काम प्रति उनको रुचीले पनि कमल थापा उनी प्रति आकर्षीत भएका हुन सक्छन् ।

त्यस्तै निर्वाचनमा पनि फरक राजनीतिक विचारधारा राख्ने तत्कालिन नेकपासँग झापामा राप्रपाको सहकार्यले पनि त्यो कुरा पुष्टि गर्छ । त्यस्तै वागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कमल थापाकै बलमा राप्रपाले एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिने निर्णय गरेको बताइएको छ । शुक्रवार दुई नेताबीचको गोप्य वार्तालाई उनीहरुबीचको राजनीतिक रणनीतिका रुपमा बुझिएको छ ।

प्रधानमन्त्री ओली कि जसपालाई जस्तै राप्रपा पनि विभाजन गर्न चाहन्छन् वा आगामी निर्वाचनमा हिन्दु धर्मावलम्बीहरुको आकर्षण आफु प्रति बढाएर भोट लिन चाहन्छन् । यहि स्वार्थका कारण दुई नेताको भेट भएको हुनसक्ने आँकलन गरिएको छ ।

२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया