
काठमाडौं / नेपाल सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिएको छ ।
यसअघिका मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए । उनी को’भिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वी’र अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयमा प्रवक्ताको उक्त स्थान रिक्त रहेको थियो । रिक्त सो स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई शुक्रबारदेखि कार्यभार सम्हाल्ने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो ।