शुक्रबार २२ मंसिर २०८०

बेल्जियम / आदिवासी जनजाती महासंघ बेल्जियमले बेल्जियममा स्थापित जातीय समाजहरुलाई समन्वय गर्दै २५६५औं बुद्ध जयन्ती मनाएको छ । संघले को’भिड संक्र’मणबाट मानव जगतलाई मु’क्ति दिलाउनका लागि प्रार्थना गर्दै बेल्जियमको HUY स्थित बुद्ध गुम्बामा २५६५औं बुद्ध जयन्ती मनाएको हो ।

को’रोनाका कारण बेल्जियम सरकारद्वारा जारी स्वा’स्थ्य मापद’ण्डको सम्मान गर्दै सीमित ब्यक्तिहरुलाई मात्रै सहभागी गराई आयोजना गरिएको उक्त कार्यक्रममा बेल्जियममा बस्दै आएका स्व’र्गीय रबिन्द्र गुरुङ्गप्रति श्रद्धा’ञ्जलि अर्पण गरिएको छ ।

त्यस्तै, बेल्जियमको अन्त्रोपेन शहरमा बस्दै आएका जाङ्म्बु शेर्पाको बुबा आङ्ग ठिले शेर्पाको असा’मयिक निध’नप्रति शो’क सन्त’प्त परिवारजनमा समवे’दना प्रकट गरिएको छ । त्यस्तै, आस्र्कोट निवासी साइला लामाको ८९ बर्षीया आमा छेसोङ्ग डोल्मा लामाको २ मे २०२१ का दिन नेपालमा मृ’त्यु भएको थि’यो । उनको आ’त्माको चिर शा’न्तिको कामना पनि गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी सम्पूर्णको खानपिनको व्यवस्था स्वर्गीय आङ्ग ठिले शेर्पाका छोरा जाङ्मबु शेर्पाले गरेका थिए । त्यस्तै, गुम्बामा ध्वजा प्रायोजक तमु पुल हाऊसकी मालिक आंग छिरिङ् शेर्पालाई हार्दिक धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यस्तै, सोही गुम्बामा बसेको जनजाती महासंघसङ्ग आबद्ध जातीय समाजहरुको बैठकमा नेपालमा अहिलेको अवस्थामा के–कस्तो सहयोग गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल भएको थियो ।

उक्त बैठकले ६ थान अक्सि’जन कन्स’नट्रेटर दिने निर्णय भएको महासचिब नन्दराज घलेले बताए । कार्यक्रममा शेर्पा किदुक यूरोपका अध्यक्ष फुला शेर्पा, तमु समाज बेल्जियम अध्यक्ष नन्दा गुरूंग, तामाङ समाजका संरक्षक अनिता लामालगायत बुद्ध भक्तहरूको सहभागिता रहेको थियो । ( ईन्दिरा चाम्लिङ , news 24 nepal बा’ट )

४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया