सोमबार १५ जेठ २०८०

बैतडी/ भागरथी प्रक’रण आरोपमा प’क्राउ परेका दिनेश भट्टले नै ह ‘त्या गरेको प्रमाण सहितको पुष्टि नभएसम्म परिवारले भागरथीको श’व नबुझ्ने बताएका छन् ।

घटनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घटनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले श’व नबुझ्ने बताउनुभयो ।

शिवराजले भन्नुभयो, “ दिनेशले ह’ ‘त्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म श’व नबुझ्ने निर्णय गरेका छौं ।”

शिवराजले अगाडि भन्नुभयो,“ दिनेशलाई मैंले पनि जिप्रकामा भेटेँ । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा ह ‘त्या गरेको तर, कर णी नगरेको बताउँदैछ । घ’टनाको प्रकृति र पोष्ट’मार्टम रिपोर्टमा कर णी पछि ज्या न लि’एको भन्ने आएको छ । कसरी विश्वास गर्ने ? पुष्टि हुनुपर्छ ।”

घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घट’नाकै कारणमा भागरथीको ज्या न लि’नुको कारण हो भन्ने आधार नभएको भट्टले बताउनुभयो । घटनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।

आरोपी दिनेश भर्खरै कक्षा ११ मा भर्ना भएका थिए

आरोपी दिनेश भट्टले कक्षा १० सम्मको पढाई चडेपानी गाउँकै भूमिराज माविबाट गरेका थिए । कोरोनाका कारण लामो सयम विद्यालय बन्द हुँदा दिनेशले लामो समय घरमै बसेर बिताएका थिए । विद्यालय खुलेपछि घरबाट करिब एक घण्टाको दूरीमा पर्ने सनातन धर्म मावि खोचलेकमा दिनेश भट्ट भर्खरै कक्षा ११ मा भर्ना भएको विद्यालयका प्राचार्य दलवेद नाथले बताउनुभयो ।

प्राचार्य नालले भन्नुभयो, “ दिनेश विद्यालय आउँन थालेको १५÷२० दिन मात्र भएको थियो । अहिले पनि कक्षा ११ को भर्ना चलिरहेको छ । उसले भर्नाका लागि चाहिने सबै कागजपत्र बुझाएको पनि छैन । छोटो समयमा दिनेशलाई चिन्ने मौका पनि मिलेन ।”

दिनेशको विषयमा भूमिराज मावि चडेपानीक प्रधानाध्यापक प्रजापति भट्टले कक्षा १० सम्म पढ्दा मध्यम खालको विद्यार्थी भएको बताउनुभयो । प्रधानाध्यापक भट्टले भन्नुभयो, “ गाउँको भूमिराज माविमा कक्षा १० सम्मको मात्र पढाई हुन्छ । दिनेशले गत वर्ष २०७६ सालमा एसईई दिएको हो । विद्यालयमा रहँदा अध्ययन र स्वभावका दृष्टिले मध्यय खालको विद्यार्थी हो । विद्यालयमा रहँदा अहिलेसम्म अप्रिय घटना गरेको तथ्याङ्क छैन ।” भागरथी भट्टको प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टे बस्ने किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।

बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका आरोपी दिनेश भट्ट भागरथी अध्ययनरत सनातन धर्म माविमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग तमाम सबुत र प्रमाणका आधारमा भागरथी भट्टको आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताउनुभयो ।

डीआईजी सुवेदीले भन्नुभयो, “ तमाम तथ्य–प्रमाण, युवाको फोनको लोकेशन र बयानका आधारामा पक्राउ गरेका हौं । जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने छ ।”

पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले घटनास्थलको प्रकृति बारे जानकारी दिनुहुँदै भागरथीको टा उँको चो ‘ट रहेको, घाँ’ ‘टीमा द’ ‘बाए जस्तो डा’ म रहेको, खुट्टाको औलामा घाउँ रहेको र यौ’ ‘नीबाट र ग ‘त जस्तो प ‘दा’र्थ बगेको अवस्थामा शव भेटिएको बताउनुभयो ।

अहिलेसम्मको प्रहरी अनुसन्धान बारे जानकारी दिनहुँदै डीआईजी सुवेदीले आरोपित दिनेश भट्ट घटनाको दिन अन्तिम विषय नपढी सनातन धर्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई बजारमै छाडेर एक्लै चडेपानी गाउँतर्फ गएको खुलेको बताउनुभयो । भागरथी भट्ट २ः०० बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको ह’ ‘त्या गरेको खुल्न आएको उहाँले बताउनुभयो।

घट’नामा अरुको पनि संलग्नता रहे नरहेको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा डीआईजी उत्तमराज सुवेदीले अहिले दिनेश भट्टको मात्र संलग्नता देखिएको बताउनुभयो । विस्तृत अनुसन्धानबाट थप कुरा खुल्ने उहाँले बताउनुभयो । अनुसन्धानलाई असर नपर्ने गरी थप तथ्य खुलेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँने डीआईजी सुवेदीले बताउनुभयो ।

घट’नाको अनुसन्धानमा पारिवारिक रिसईवीको विषयमा पछि थप कुरा खुल्ने सुवेदीले बताउनुभयो । प्रहरीले लामो अनुसन्धान पश्चात प्रमाणका आधारमा पक्राउ गरेकोले अनावश्यक श ङ्का नगर्न पनि डीआईजी सुवेदीले आग्रह गर्नुभएको छ ।

भागरथीको घटना निर्मलाको जस्तो नहोस् भनेर आफै अनुसन्धनमा खटिएर १३ दिनपछि आरोपित सार्वजनिक गरिएको डीआईजी सुवेदीले बताउनुभयो । हे’र्नुहोस् भिडियो:-

५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया