शुक्रबार २२ मंसिर २०८०

काठमाडौ / नेपालमा भइरहेको पछिल्लो राजनीतिक घट’नाक्रम बारे भारतले औपचारीक रुपमा आफ्नो भनाई सार्वजनिक गरेको छ । नेपालमा महा’मारीका समयमा भएको यस्तो राजनीतिक घट’नाक्रम पक्कै पनि नेपालीका लागि राम्रो गर्दैन । भारतले पनि आफ्नो औपचारीक भनाई सार्वजनिक गरेको छ । भारतले नेपालमा अहिले भइरहेको तीव्र राजनीतिक घट्नाक्र’मलाई जानकारीमा लिइरहेको बताएको छ।

तर यी घट्ना’क्रम नेपालका आन्तरिक मा’मि ला भएका कारण नेपालले आफै सम्हा’ल्नुपर्ने भारतको भनाई छ । यद्यपी नेपालमा भएका हरेक राजनीतिक घटनाक्र’मलाई भारतसँग जोडेर लिइन्छ । राजनीतिक दलका नेताहरुको भारतीय नेतासँगको सम्बन्धका कारण नेपाली राजनीतिमा पनि त’रं ग उत्पन्न हुने भनाइ आम सर्वसाधारणको छ ।

‘नेपालमा अहिले भइरहेका राजनीतिक विकासक्रमलाई हामीले जानकारीमा लिएका छौं । यसलाई हामी नेपालको आन्तरिक मा’मि लाको रुपमा लिन्छौं र उनीहरुको आफ्नै आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाअन्तर्गत नै समा’धान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन्।

नेपालको पछिल्लो राजनीतिक घट्ना’क्रमबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो प्रतिक्रिया जनाएका हुन्। ‘प्रगति, शान्ति, स्थिरता र विकासमा नेपाल र नेपाली जनताको यात्रामा एउटा छिमेकी र मित्रको रुपमा भारतले अवि’चलितरुपमा साथ दिइरहन्छ,’ उनले भनेका छन् ।

१४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया