मंगलबार ०९ आश्विन २०८०

काठमाडौ / सर्वो’च्च अदा’लतले प्रधानन्या’याधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पार्नुभएको छ । मंगलवार केही मिडियाहरुमा प्रधानमन्त्री र प्रधानन्या’याधीश बीच भेट भएको भन्दै समाचार प्रकाशन भएपछि सर्वो’च्चले जवाफ दिएको हो ।

जसपाका नेता डा बाबुराम भट्टराईले पनि सोही कुराको संकेत गर्दै ट्वीट गरेका थिए । उनले चोलेन्द्रशम्शेर राणालाई पनि ओलीले पूर्व प्रधानन्या’याधीस खिलराज रेग्मीको जस्तै भूमिका दिन खोजेको भन्दै डा भट्टराईले ट्वीट गरेका थिए ।

यस्ता कुरा सार्व’जनिक भएपछि मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्या’याधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्याय’पालिका एवं विधिको शा’सनको सुनिश्चितता तथा न्यायपा’लिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वो’च्च अदा’लत सदैव गम्भी’र, सचेत र संवे’दनशील एवं पूर्ण प्रतिवद्ध रहेको सर्वो’च्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वो’च्चले सार्व’जनिक भएका समाचारमा सत्यता नभएको भन्दै यसले न्यायपा’लिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रति’कुल प्रभाव पार्ने बताएको छ ।

५६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया