शनिबार १८ मंसिर २०७८

काठमाडौं / वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद समेत हुन् । केन्द्रीय सरकारका मन्त्री रहेका आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका छन् ।

उनले गृहजिल्लाका अस्प’तालमा को’रोना सङ्क्र’मितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टेटर, ३० एचडियु श्य’या, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायतका सामग्रीहरु छन् ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जि’कल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको उनका सचिवालयका कर्मचारीको दा’बी छ ।

उनले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन् । ती मध्ये केही हरिया अक्सिजनका सिलिन्डरमा समेत उनै आलेको तस्विर छ । तर, उक्त सिलिन्डर केहीदिन अघि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिएको खु’लासा भएको छ ।

गत वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेको थियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो ।

ती सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेको स्रोतले जनाएको छ । यद्यपि आलेले भने सोही सिलिन्डरहरु आफ्नै खर्चमा किनेर डोटी अस्पतालमा सहयोग गरेको दा’बी गरेका छन् ।

जनता को’रोना महा’मारीले मृत्यु’वरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा च’र्को आलो’चना भइरहेको छ ।

२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया