
बैतडी/ बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट घ’टना प्रकरणको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी प’क्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले प’क्राउ गरेको हो ।
प्रहरीले आज उनलाई सार्वजनिक गर्ने बताएको छ। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन्। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको भोलिपल्ट श’व भेटिएको थियो।
प’क्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले कर णी गरेको घटनाको ब’दला लिन’ उनको ज्या न लि’एको बयान प्रहरीलाई दिएका छन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएकाे कर णीको ब’दला लिन उनकै छाेरीकाे ज्या न लि’एको हुँ भनेर बयान दिएका छन्।’
पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनकाे नजिककाे नाता पर्ने एक महिलामाथि यस्तै गरेका थिए। तर त्याे घटना गाउँमै मिलाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेकाे बताएका छन्। भागरथीका बुवाकाे निधन भइसकेकाे छ।
भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो। विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे।
त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल का’टेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, पक्राउ परेका दिनेशका साथी भानदेवले स्मरण गरे।
विद्यालयबाट खोचलेक बजारसम्मको दुरी करिब ५ मिनेटको पैदल यात्रामा पर्छ । बजारमा कपाल का’ट्न लागेका किशोरहरुको समूहमा रहेकामध्ये एक किशोर दिनेश त्यहाँबाट निस्कन्छ । ‘सँगै जाउँ’ भन्दा उनले छिटै घर जानुपर्ने छ भन्दै उनी निस्किन्छ भागरथीको पछिपछि लाग्छ । ती किशोर थिए, भागरथीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् ।
यता, भागरथी र ममता छुट्टिएपछि दिनेश भट्ट भागरथीभन्दा छिटोछिटो हिँडेर अगाडि जान्छ र लबलेक जङ्गलको खोँचमा गएर बाटो ढुक्न थाल्छ।
भागरथी खोचलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा निस्किएको अनुमान प्रहरीको छ । खोचलेक बजारबाट घटनास्थल अर्थात् लबलेक जङ्गलको घटनास्थल पुुग्न ढिलोमा ४० मिनेट लाग्छ । त्यो भनेको भागरथी घट’नास्थल पुग्दा करिब २ बजेर ३० मिनेटको आसपास भएको छ । र, जब भागरथी लबलेक जङ्गलको अलिक खोल्सी परेको स्थानमा पुग्छिन्, दिनेशले भागरथीमाथि सुरु गर्छ ।
भागरथी सडकबाट भा’गेर ओरालो जमिनतर्फ अगाडि बढ्छिन् । तर दिनेशले जब’रजस्ती गर्न छाड्दैन र भागरथीको क’पाल समा’त्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओरोलो बाटोमा भएको हुन्छ । दिनेशको हातमा भागरथीको कपाल र रबर बेण्ड आउँछ । भागरथीले अझै प्र’ति’कार गरेर भा’ग्ने प्रयत्न गर्छिन् ।
तर आ’क्रामक स्वभावका दिनेशले भागरथीमाथि पिछा गर्न छाड्दैन । सडकबाट ५० मिटर तल दिनेशले भागरथीलाई ल’डाउँछ । त्यसपछि फेरि भागरथी भा’ग्न कोशिश गर्छिन् । त्यहाँ भागरथीको चप्पल खु’स्किन्छ । तर अग्लो र बलियो दिनेशको अगाडि भागरथीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल बनमाराको छेल पारेर समथर भूभागमा भागरथीको मु’ख थु’ने’र यो घ’टना घटाउँछ।
यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । ह ‘त्यापछि उसले भागरथीको मोबाइलको ‘कल लग’ डि’लिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन ।
हे’र्नुहोस् भिडियो:-