
काठमाडौं / स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले प्राध्यापक डा’क्टर जागेश्वर गौतमलाई प्रवक्ताबाट हटा’एको छ । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटा’एर वीर अस्पता’लको प्रमुखको जिम्मेवारी दिइएको हो ।
यसअघि गौतम स्वा’स्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्प’तालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्प’ताल (वी र अस्प’ताल) को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ । गौतमको ठाउँमा स्वा’स्थ्य मन्त्रालयको नयाँ प्रवक्ताको रुपमा भने कसैलाई पनि तोकिएको छैन ।