सोमबार ०९ जेठ २०७९

काठमाडौँ / नेपाली साहित्यका विश्व नारीरत्न तथा नेपालमा पहिलो पी एच डी गर्ने महिला डा.वानीरा गिरीको हिँजो राति १० बजे को’रोना सङ्क्र’मणले नि’ध न भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्प’ताल पुर्‍याएको आधा घन्टामा नै उनको नि’ध न भएको थियो ।

लामो समयदेखि मधु’मेहको शि’कार उनी विगत पाँच वर्षदेखि अल्जा’इमर रो’गबाट पनि पि’डीत हुनुहुन्थ्यो । साथै विगत तीन वर्षदेखि उनी अर्धचे’तनाको दिनचर्या धानिरहनु भएको थियो । डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छामा २०७६ सालमा वानीरा फाउन्डेशनको पनि स्थापना भएको छ ।

७६ वर्षीया गिरी उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थि’इन् । उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् ।

कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरीले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । नेपाली भाषासाहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीजस्तो विशि’ष्ट प्रतिभाको असाम’यिक निध’नप्रति विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुले गहि’रो शो’क प्र’कट गरेका छन् ।

६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया