
सङ्खुवासभा / सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृ’त्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृ’त्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो ।
च्याउ खाएर बि’रामी परेका लालबहादुरको उपचा’रका क्रममा आइतबार राति विपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको वडाध्यक्ष राईले बताउनुभयो ।
गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिकासमेत बिरा’मी हुनुभएको थियो ।