
भरतपुर/ चितवन राष्ट्रिय निकुञ्जले अवैध’रुपमा माछा मा’र्ने २४ जनालाई प’क्राउ गरेको छ । नारायणी नदीमा प्रतिब’न्धित तियारी जालको प्रयोग गर्दै माछा मारि’रहेको समयमा उनीहरुलाई पक्रा’उ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई प’क्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरा’मद गरिएको छ ।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐ’न २०२९ बमोजिम मु’द्दा लगाई का’नूनी का’रबाही गरिने निकुञ्जले जनाएको छ ।