
काठमाडौ/ नेपाल राष्ट्र बैंकले आज आइबारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एक`को खरिद दर ११६ रुपैयाँ २४ पैसा र बिक्री’दर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६६ रुपैयाँ ०८ पैसा रहे`को छ ।
कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ ०८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर :-
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपी’आईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चा’र्टर्ड बैंक र नेपाल क्लि’यरिङ हाउस लिमिटेड (एनसी’एचएल) बीच कनेक्ट आई पी एस र नेशनल पेमेन्ट इन्टरफेस (एन पी आई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवा`लाई थप विस्तार गर्ने गरी साझेदारी स’म्झौता भएको हो ।
जसअन्तर्गत यस परियो`जनाको पहिलो चरणमा ग्राह`कले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आई पी एस मार्फत एससी`बीएन एलमा रहेको खातामा अन`लाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् ।
एससी’बीएन एल र एनसी एच एलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौ’ता का`र्यान्वयन भएको छ । यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्याउने र नेपालको डिजिटल भुक्तानी इको’सिस्टम विस्तार गर्न सहयोग हुने विश्वास बैंक`को छ ।