
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा रहेको नागरिकता अध्यादेश प्रतिनिधिसभा विघट’नसँगै राष्ट्रपति भण्डारीले जारी गर्नुभएको हो ।
समाचार स्रोतका अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको छ ।
यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।
जारी गरिएको अध्यादेश मधेसकेन्द्रित दलको मागअनुसार नै ल्याइएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनुभएको हो ।