आइतबार १७ मंसिर २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन’विरुद्ध विप’क्षी गठबन्धनले भोलि विहानमात्रै अदा’लतमा रि’ट दर्ता गर्ने बताएका छन् । उनले त्यसको लागि १४९ भन्दा बढि सांसदहरुको हस्ताक्षर रहेको दा’बी गरे ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-“एक सय ४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । हामी रिटको तयारी भैरहेको छ । मस्यौदा तयारी अन्तिममा पुगेको छ । बेलुकासम्म त्यो टुङ्गिदैछ । फिजिकल्ली नै उपस्थित भएर भोलि हामी अदा’लतमा रि’ट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ ।

डकुमेन्टहरु, नागरिकता, प्रतिलिपीहरु तयार गर्ने काम करिब करिब सकिन लागेको छ । बेलुकासम्म सकिन्छ । आजै जाने हाम्रो तयारी थियो । त्यसकारण भोलि विहान फष्ट आवरमा जान्छौं । कोही पनि भ्र’ममा नपरौं, अस्ति हस्ताक्षर गर्ने साथीहरुमात्रै होईन, अरु पनि थपिनुभएको छ । संख्या घटेको छैन ।”

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया