
काठमाडौं/ नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको अधिकारबारे उ’जुरी गर्न नसकिने बताउनुभएको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठ’हर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ पनि उजु’री गर्न नसकिने उहाँले बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यस’विरुद्ध कहीँ उजु’री लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन ।’
संविधानको धारा ७६ (५) का अनुसार प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको उहाँको भनाइ रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दिनुभएको समयसीमाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प’क्षमा १४९ सांसद र प्रधानमन्त्री ओलीले नेकपा एमालेको प’क्षमा १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दा’वी पेश गर्नुभएको थियो ।
तर राष्ट्रपतिले दुवैको आधार नपुगेको भन्दै संसद वि’घटन गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिको कद’मविरुद्ध चौतर्फी वि’रोध भइरहेको छ । चौतर्फी विरो’ध भइरहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृ’त्ति देखिएको भन्दै बचाउ गर्नुभएको छ ।