आइतबार १७ मंसिर २०८०

काठमाडौ/ संसद् विघटन गरेको भनेर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघका नेता नवराज त्रिपाठीलाई प्रह’रीले प’क्राउ गरेको छ। नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दो’लन क्रममा नेता त्रिपाठीलाई प्रह’रीले नयाँ बानेश्वरबाट पक्रा’उ गरेको हो।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रह’री परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्र’हरी वृत्त, बानेश्वरको हिरा’सतमा राखिएको छ । यसैबीच, त्रिपाठीलाई विनाश’र्त रिहाइ गर्न नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले मा’ग गरेका छन्।

मध्यरातमा संविधानको ची’रहरण गरेको प्रति’गामी कदमको विरु’द्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिग’मनका मतियार, दिमा’गमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्र’हरी हस्त-क्षेप निन्द’नीय छ,’ नेवि संघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्ता’रप्रति घोर भर्त्स’ना गर्दै विना’सर्त तत्काल रिहा’इको लागि जोडदार माग गर्दछौँ ।’

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया