शुक्रबार २२ मंसिर २०८०

काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वरहरु गुन्जन थालेका छन् ।

यसै क्रममा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा व्यंग्यात्मक टिप्पणी गर्दै नेताहरुको पछाडी लाग्ने कार्यकर्तालाई दह्रो झा’पड हा’नेका छन् । उनले लेखेका छन्, प्लास्टिक को झोला,भन्दा खतरनाक रहेछ पार्टीको झोला,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!!

त्यस्तै अर्का कलाकार मनोज गजुरेलले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन् । “कति हेर्नू नाटक देखाउने यिनै हुन्, कता के को व्याख्या गराउने यिनै हुन्, यिनै थिए, यिनै छन् , रहने यिनै हुन्, तपाईंको यो हालत बनाउने यिनै हुन्” -चट्याङ मास्टर

यस्तै कांग्रेसका नेता गगन थापाले पनि सामाजिक संजालमा चर्को आलोचना गर्दै लेखेका छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!

स’न्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महा’मारीमा त यस्तो अ’धर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्ल’ज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रति’रोध गरौं।

९०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया