शुक्रबार २२ मंसिर २०८०

कैलाली/ भारतमा महा’मारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्केका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित फेरि भारततिर नै लागे ।

महा’मारीका बीचमा भारतबाट रो’गको ड’रले घर फर्केका श्याम अहिले रोग’भन्दा पनि भो’कको डर’ले फेरि भारत फर्कन लागेको सुनाउँछन् । “घर आउने बित्तिकै निषे’धाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँ’च्न गा’ह्रो भो त्यसैले बरु रो’ग लागेर म’रे मरि’एला तर भोकबाट त ब’चौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो”, श्यामकुमारले भने ।

यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गु’नासो गरिन् । हातमा दुधे बालक च्यापेकी उनले यहाँ बसे रोग’भन्दा पनि भो’कले म’र्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको जनाईन् ।

महा’मारीबाट ब’च्न घर फर्किएका आफूहरू महा’मारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भो’ककै पी’डा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिएका हर्क लामाले गुना’सो गरे ।

भारतमा कोरो’ना महा’मारी डर’लाग्दो गरी फैलि’एपछि एक महिना पहिले नेपाल फर्किएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्कि’ल हुन थालेपछि पुनः भारत जान बा’ध्य भएको बताए । “रो’गको ड’रले भारतबाट नेपाल आए, तर फेरि भो’कको ड’रले भारत नै फर्कँदैछु”, लामाले निन्या’उरो अनुहार लगाउँदै दुखे’सो पो’खे ।

घरमा खान र लाउनकै स’मस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सता’एको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लागेका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउँछन् ।

भारतमा को’रोना बढेर स्थिति भया’वह भएपछि ज्या’न जोगा’उन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भया’वह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टा’र्नसमेत मुस्कि’ल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

कैलालीमा निषे’धाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पला’यन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रो’क छैन भने भारतीय नागरिकलाई नेपाल आउन रो’क लगाइएको छ । – रासस ( फा’इल तस्विर )

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया