
काठमाडौं/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव घोषणाबारे धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले आज विज्ञप्ति जारी गरी संसदीय व्यवस्था सफल हुँदै भन्ने आफ्नो दलको निष्कर्ष सही साबित भएको त’र्क गरेका छन् ।
विप्लवले २०७३ सालदेखि पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही साबित भएको छ ।’
फेरि संसदीय व्यवस्थाकै चुनाव घो’षणा गरेर देशलाई झन् ठूलो अन्त’र्विरोध र संक’टमा धके’ल्ने चाल भएको बताए । विप्लवले जनमतसंग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले जनमत संग्रहमा जानुपर्नेमा पहिलेदेखि नै जोड दिँदै आएका छन् ।