सोमबार ०३ माघ २०७८

काठमाडौं/ एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार (आज) राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । साथै, हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

त्यसो त गत माघ २८ गते बुधबार मात्रै पनि आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँसमा मूल्यवृद्धि गरेको थियो ।

४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया