
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरात पछाडि प्रतिनिधिसभा भं’ग गर्नुका साथै मध्यावधि चुनाव घोष’णा गरेकी छन्। मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा भंग’का साथै मध्यावधि निर्वाचनको मिति सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दा’बी गर्दै सरकारले संसद भं’ग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति भण्डारीले सरकार बनाउन केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले राष्ट्रपतिसमक्ष पेश गरेको दलिल मान्न नसकिने जि’किर गर्दै शुक्रबार मध्यरातमा विज्ञप्ति जारी गरेकी थिइन् । यो संगै अहिले सामाजिक संजालमा चर्को आलो’चना भैरहेको छ । विभिन्न राजनीतिक दलहरु, सर्वसाधारण लगायत सबैतिरबाट प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको खुलेर बि’रोध भइरहेको छ ।
प्रमुख प्रतिप’क्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले को’रोना महा’मारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बला’त्कारको दुष्प’रिणाम महँगो पर्ने पनि चेता’वनी दिएका छन् ।
उनले लेखेका छन्,’अहं’कारको वृ’क्षमा विना’शको फल लाग्छ, सिंगो महाभा’रतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्या’धिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।’
त्यस्तै जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारे’ज गर्ने प्रपन्च भन्दै यसको विरो’धमा उत्रन आ’ग्रह गरेका छन् ।
विघ’टनको वि’रोधमा विवेकशील साझा पार्टी पनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संसदको ह’त्या गरेको आ’रोप लगाएका छन् । ‘यो सत्ता क’व्जा गर्ने षड’यन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दै’नौ ।’
माओवादी केन्द्रका नेता बर्षमान पुनले लोकतन्त्रमाथीको प्र’हार भन्दै संविधन कुल्चे’को बताएका छन् । ‘मध्यरातमा ड’कैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराज’नीतिक र गैरसं’बैधानिक कदमले देशलाई कहालि’लाग्दो द्ध’न्द्वमा लगेको बताएका छन् ।