
काठमाडौँ/ नेकपा एमालेमा देखिएको वि’वाद सरकार बन्ने र भत्क’ने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टक’रावले सरकारको स्थिरतामा सम’स्या आएको हो ।
एमालेभित्रकै विवा’दका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरा’पमा परेको छ ।
एमालेमा वि’वाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप वि’वाद खडा हुन थाल्यो । कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए । बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो । दुवै पक्ष’बीच हस्ताक्षर ‘दुरु’पयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने ।
वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका प’क्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको त’र्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो । बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दा’बी छ ।
‘राष्ट्रिय परिस्थितिबारे सौहार्द्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो । छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ । अर्को बैठक दुवै प’क्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघुजी पन्तले भने । यो समा’चार आ’जको नाग’रिक दैनि’कमा छ ।