
काठमडौं/ एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन् । नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका छन्। पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छो’डेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किएका छन्। नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णयमा हस्ताक्षर नगरेको बताएका छन् ।
नेता भट्टराईले राजनीतिक जीवनकै सबैभन्दा क’ठिन दिन रहेको भन्दै ट्वीटमार्फत पार्टी एकता जोगाउन यस्तो निर्णय लिएको बताएका हुन् । उनले भनेका छन्– ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरें ईतिहासको क’ठोर मुल्याङ्कनमा ख’डा छु ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दावी गर्न आह्वान गरेपछि एमालेको तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव समूह र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतसहित प्रधानमन्त्री दावी गरेका छन् ।
माधवकुमार नेपालसहित माधव समूहका २६ जना सांसदको हस्ताक्षर रहेको बताइए पनि भट्टराईले उक्त प्रस्तावमा हस्ताक्षर नगरेको स्पष्ट पारेका हुन् ।
यसै क्रममा नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर कि’र्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र द’र्ता गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र द’र्ता गराएका हुन्।
उनले देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत अस’हमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा पार्टीको तर्फबाट पत्र बुझाएका हुन । हाम्रो पत्रमा एमाले दलको सांसदको हस्ताक्षर अन्यत्र कतै परेको भए त्यसलाई बैधता नदिन र त्यसअधारमा कुनै निर्णय नगर्न माग गरेका छौं,’ दाहालले भने, ‘एमाले सांसदको हस्ताक्षर कि’र्ते गरी प्रधानमन्त्रीको दावी पर्न आएको भन्ने सूचना पाएपछि हामीले पार्टीको बिधान, राजनीतिक दल सम्बन्धी ऐ’न र संबिधान’बिपरितको काम नहोस् भनेर राष्ट्रपतिको ध्या’नाकर्षण गराएको छौं ।’
एमालेले पत्रमा अन्यत्र हस्ताक्षर गरेको प्रमाणित भएमा पार्टीले का’र्वाही गरी सांसद पदबाटै मु’क्त हुने भन्दै एमाले सांसदले अन्यत्र हस्ताक्षर गर्न नमिल्ने संबैधानिक आधारसमेत राखेको छ । दाहालले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्या’एर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको जानकारी दिए । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका का’नुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयो’गको विषय जानकारी गराइएको हो ।
एमालेका सांसदहरुको हस्ताक्षर दुरु’पयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुप’योगको छा’नबिन भइरहेको र का’रवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।
यी हुन् कार’वाहीमा पर्ने नेताहरु :- माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू अन्य केहि नेताहरु रहेका छन् ।