बुधबार २५ साउन २०७९

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ जना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति कार्यालयमा पत्र दर्ता भएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कार’बाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको हो । पत्रमा ‘नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुप’योग भएको कुरा आएको छ । पार्टीले छान’बिन गर्दैछ । त्यसलाई मान्यता नदिइयोस् ।’ भनिएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलको नेताका रूपमा पत्र पठाउँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गरेको उनका कानूनी सल्लाहकार बाबुराम दाहालले बताए। पत्रमा एमालेले विपक्षी दलका नेतालाई समर्थन गर्ने कुनै निर्णय नगरेको, पार्टीको संसदीय दलको नेता आफैंले धारा ७६ (५) बमोजिम सरकार गठनको दाबी पेश गरेको अवस्थामा कानून अनुसार एमालेका सांसदहरूले अन्य दललाई समर्थन गर्न नसक्ने व्यहोरा उल्लेख गरिएको छ।

“अन्य दलका नेतालाई समर्थन गर्नेगरी सांसदहरूले गरेको हस्ताक्षर संविधान, राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान विपरीत छ,” प्रधानमन्त्रीका कानूनी सल्लाहकार दाहालले भने, “कानून विपरीतको त्यस्तो हस्ताक्षरलाई मान्यता नदिन पत्रमा भनेका छौं।”

आफ्नो पार्टीका नेताले प्रधानमन्त्रीमा गरेको दा’बीलाई कम’जोर बनाउन विपक्षी दलले आफ्ना सांसदको हस्ताक्षर दुरु’पयोग गरेको उनको जि’किर छ । “पार्टी निर्णय विपरीत विपक्षी उम्मेदवारलाई सहयोग गर्न हस्ताक्षर गर्ने सांसदलाई उनीहरूको पद नरहने गरी कार’बाही गर्नेछौं भनेर जानकारी गराएका छौं,” दाहालले भने, “ती हस्ताक्षरहरू वैधा’निक छैनन् । तिनलाई मान्यता नदिनुहोला भन्ने आग्रह गरेका छौं ।”

यी हुन् देउवालाई समर्थन गर्नेगरी हस्ताक्षर गर्ने सांसदहरु :-

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु

१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. भीम रावल, अछाम १

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. झपट रावल, कैलाली २

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. सोमप्रसाद पाण्डे, पाल्पा खनाल

१९. कृष्णलाल महर्जन, ललितपुर २

नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

१.रामकुमारी झाँक्री, गुल्मी

२. मुकुन्द न्यौपाने, काठमाडौं

३. कल्याणीकुमारी खड्का, रौतहट

४. लक्ष्मीकुमारी चौधरी, कैलाली

५. निरादेवी जैरु, डडेलधुरा

६. पुष्पाकुमारी कर्ण यादव, पर्सा

७. सरलाकुमारी यादव, रौतहट

८. कालिला खान, तनहुँ

६०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया