
काठमाडौं/ नयाँ सरकार गठनका लागि वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हस्ताक्षर दुरुप’योग गरेको भन्दै माधवकुमार नेपालले आपत्ती जनाएका छन् ।
उनले आफु विप’क्षी दलको सभापति शेरवहादुर देउवाको समर्थनमा रहेको र उनकै साथमा शीतल निवास पुगेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दावी गर्दै राष्ट्रपतिलाई एमालेका १२१ सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपति विद्या देवी भण्डारीले त्यसको जानकारी गराएपछि नेता नेपालले आपत्ती जनाएका हुन् ।
देउवा पुग्नु अगाडी नै ओली दावी पेश गर्न शीतल निवास पुगेका थिए । ओली निस्किएपछि देउवाको टोली भण्डारीको कार्यकक्षमा प्रवेश गरेपछि भण्डारीले देउवाको समुहलाई ओलीले पनि दावी पेश गरेको जानकारी गराएकी थिइन् । देउवासंगै पुगेका नेपालले राष्ट्रपति भण्डारीवाट त्यस्तो जानकारी पाएपछि प्रतिकृया दिएका थिए ।
त्यसपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनसँगै शीतल निवासमा आएको भन्दै आफ्नो हस्ताक्षर ओलीले कसरी बुझाउनु भयो भन्दै राष्ट्रपतिलाई प्रश्न गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए।
यता नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे माधव नेपाल पक्षका सदस्यहरुकै दुईथरी मत आएपछि मुख्य एजेण्डामा छलफल नै नभई टुंगिएको छ ।
करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।
नेम्वाङका अनुसार वार्ता टोलीमा रहेका सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए । माधव नेपाल पक्षका वा’र्ता टोली संयोजक भीम रावलले भने संसदको विघ’टन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।
रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद वि’घटन रोक्न नसकिने भइयो,त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघ’टन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको प’क्षमा पनि देखिएन ।
नेता नेपालले आफू संविधानको व्यवस्थाअनुसार नै हस्ताक्षर ल्याएर सरकार बनाउन दावी ल्याएर आएको जानकारी राष्ट्रपतिलाई गराएका थिए । त्यसपछि जसपाका एक अध्यक्ष उपेन्द्र यादवले पनि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफुहरुको हस्ताक्षर बुझाउन नसक्ने बताएका थिए। उनीहरुले आफुहरुको वहुमत रहेको र त्यो वहुमत देउवाको साथमा रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
यसै क्रममा एमाले पक्षका सात सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुप’योग भएको बताएका छन् । सांसदहरु सरेन्द्र पाण्डे, योगश भट्टराई,जयकुमार राई लायगतले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदको हस्ताक्षर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रयोग गरे । तर, जब हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवास पुग्यो तब धमाधम उनी पक्षीय केही सांसदले हस्ताक्षर दुरुपयोग भएको प्रतिक्रिया दिए ।
खास कुरा नेपाल नै प्रधानमन्त्रीको दाबेदार हुन्छन् भन्ने रहेछ । नेपाललाई प्रधानमन्त्रीका लागि बढ्ने भए साथ दिन्छौं भन्ने ४० सांसद पुगिसकेका थिए । तर, देउवा बढेपछि उनकै पक्षका सांसदहरु असन्तुष्ट भएका छन् ।
अहिले शितलनिवासमा पत्र पुगेपछि धमाधम विरोधको स्वर आउन थालेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भनी बोल्ने सांसदहरुमा सुरेन्द्र पाण्डे पनि छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा माधव नेपाल अध्यक्षको उम्मेदवार बन्दा उक्त गुटबाट महासचिवका उम्मेदवार थिए । उनी वर्तमान महासचिव इश्वर पोखरेलसँग झी’नो मतान्तरले परा’जित भएका थिए । हस्ताक्षर अस्वी’कार गर्नेमा योगेश भट्टराई पनि हुन् । उनी ओली सरकारमा विगतमा पर्यटनमन्त्री थिए । भट्टराई माधव नेपाल समूहका हस्ती मानिन्छन् ।
गोकर्ण बिष्टले पनि हस्ताक्षर अस्वी’कार गरेका छन् । उनी नेपालका विश्वासपात्र मानिन्थे । तर, पछिल्लो समय एमाले विभाजनको विपक्षमा उभिएका छन् । घनश्याम भुसालको चाहना पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगर्ने नै थियो । उनको चाहना माधव नेपाललाई नै बढाउने थियो । तर, देउवा बढेपछि उनले पनि हस्ताक्षरमा विरो’ध गर्ने संकेत गरिसकेका छन् ।
सुनसरीको धरान क्षेत्रबाट चुनाव जितेका जयकुमार राई पनि छन् । उनले सुनसरी क्षेत्र नं १ बाट चुनाव जितेका हुन् । प्रत्यक्षतर्फ निर्वाचित ४ एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् । यसले देउवाले बुझाएको आजको हस्ताक्षरमा तलमाथि हुनसक्ने देखिएको छ ।