आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ राष्ट्रपतिले नयाँ प्रधानमन्त्री दा’वी गर्न दिएको समय सकिएको छ । राष्ट्रपतिको आह्वान अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुई नेताले प्रधानमन्त्रीमा दा’वी गर्दै निवेदन र सांसदको हस्ताक्षर पेश गरेका छन् ।

जसमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा छन् । ओलीले आफ्ना प’क्षमा १५३ सांसद रहेको दावी सहित हस्ताक्षर राष्ट्रपतिसामु पेश गरेका छन् भने देउवाले आफ्ना पक्ष’मा १४९ सांसद रहेको दा’वी गरेका छन् ।

तर रोचक कुरा के देखिन्छ भने संसदमा रहेका २७५ मध्य ४ सिट खाली छ । जसका कारण २७१ सीट मात्र देखिन्छ । तर ओली र देउवाले आफ्ना प’क्षमा दा’वी गर्दै बुझाएको सांसदको हस्ताक्षर अनुसार हिसाव गर्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ । एमाले अध्यक्ष ओलीले आफ्ना प’क्षमा नेकपा एमालेका १२१ र जसपाका ३२ सांसद रहेको दा’वी गरेका छन् ।

यता देउवाले नेकपा एमाले माधव पक्षका २७ सहित कांग्रेस, माओवादी र जसपाका सांसद आफ्ना प’क्षमा रहेको दा’वी पेश गरेका छन् । सांसद संख्या बढी देखिनुको कारण एमाले र जसपाका सांसद दुवै प’क्षमा दोहोरिएका छन् ।

ओली संसदिय दलको नेता भएको नाताले एमालेका सबै सांसदको गणना गरेका छन् भने जसपाका पनि संसदीय दलको हैसियतले ३२ सांसदको सूची ओलीलाई दिएका हुन् । सोही सूची ओलीले राष्ट्रपतिलाई बुझाए ।

यता देउवाले बुझाएको सांसदको सूचीमा एमालेका २७ सांसद र जसपाका केही सांसदको हस्ताक्षर दोहोरिएको छ । देउवालाई समर्थन गर्दै राष्ट्रपति निवास पुगेका माधवकुमार नेपालको हस्ताक्षर पनि ओलीले आफ्नो प’क्षको भन्दै बुझाएका छन् ।

७१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया