
काठमाडौ/ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि शुक्रवार साँझसम्म दा’बी गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै आफ्नो कदम र राष्ट्रपतिको ब’चाउ गर्दै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन वा विकल्प दिन विप’क्षीलाई चुनौ’ती दिएका छन् ।
यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर प’क्षका सांसदहरू उपस्थित बैठकले ओली सरकार आफ्ना मा’ग पूरा गर्न सकारात्मक रहेको भन्दै थप निर्णय गर्ने अधिकार महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिएको छ ।
यसै क्रममा राष्ट्रपतिले तोकेको समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दा’बी पेस गरेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दिएको समयावधि सकिएको छ । संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन गर्नका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्नो दा’बी प्रस्तुत गरेका छन् ।
विप’क्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाबे’दारी दिएका छन् । दुवै प्रस्ताव दर्ता भए/नभएको विषयबारे राष्ट्रपति कार्यालयसँग प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुन सकेन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूहरूसँग १५३ जना सांसदको समर्थन रहेको दा’बी ओलीले पेस गरेका छन् । उता देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दा’बीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर रहेको जसपा नेता मोहम्मद ईश्तियाक राईले बताएका छन् ।
निल’म्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर रोच’क कुरा त के छ भने ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ तर आफु संग संसदको संख्या धेरै रहेको दा’वी गर्ने ओली र देउवाले कुन आधारमा दा’वी गरे होलान् ?
कि संसद जोड घटाउ गर्ने हता’रोमा हिसाबकिताबमा गड’बड भएको पत्तै नपाएका त होइनन् ? प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कार’वाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निल’म्बनमा छन् ।
राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन् ।