मंगलबार ०७ चैत्र २०७९

काठमाडौं/ दिनभरको छलफल र बैठक पछि अन्तत कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दा’वी पेश गर्न वहुमत जुटाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनाउन १४९ जना सांसदको हस्ताक्षर जुटाएको बताइएको छ । उनलाई नेकपा एमालेको माधव नेपाल समुहले पनि साथ दिएको छ ।

ओलीको विकल्प खोजेका सबै राजनीतिक दल सहित एमालेकै माधव नेपाल प’क्ष पनि मिलेपछि यो सम्भव भएको हो । देउवाले आफुलाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विप’क्षी गठबन्धनले दा’वी प्रस्तुत गरेका छन् ।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष’का गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो । विप’क्षी गठबन्धनको प’क्षमा बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्नका लागि एमाले नेता नेपाल पक्षका २८ सांसदले हस्ताक्षर गरेका थिए ।

कांग्रेस नेता गगन थापाले एमालेको माधव नेपाल प’क्षका सांसदको समेत हस्ताक्षर लिइएको पुष्टि गरेका छन् । सिंहदरवारमा एमाले नेता नेपाल सहितको वि’पक्षी दलका नेताहरुको बैठक बसेको थियो । त्यसमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड जसपाका उपेन्द्र यादव लगायतका नेता सहभागी भएका थिए ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए । राष्ट्रपतिले दिएको समयभित्र दा’वी पेश गर्नका लागि नेताहरु शीतल निवास तर्फ लागिसकेका छन् ।

तर एमालेका एक नेताका अनुसार यो हस्ताक्षर पुरानो हो जुन आज दुरुपयोग भएको छ भन्दै उनले कुनै नयाँ हस्ताक्षर नगरेको पनि बताएका छन् ।

९९० पटक हेरिएको

तपाईको प्रतिक्रिया