शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ बिहिबार साँझ बालुवाटारमा बसेको क्याबिनेट बैठक सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगे ।

त्यही वीच शीतल निवासबाट सूचना निस्कियो र राती सवा आठ बजे प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न शितलनिवास गए ।

मधेशी नेताहरु भने त्यतैबाट साढे सात बजे लैनचौरस्थित भारतीय दूतावास जाने तय भयो । तर, यो बेला बढी हिमचिम देखिँदा हल्ला हुने ड’रले राजेन्द्रको गाडी घरतिरै सोझिएको श्रोत बताउँछ ।

ठाकुर र महतो बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओली भने राती ८ बजेर २० मिनेटको हाराहारीमा शीतल निवास छिरेर पौने १० बजे बाहिरिएका थिए ।

बिहिबार साँझ विकसित राजनीतिक घटना’क्रमलाई नजिकबाट नियालेका एकजना राजनीतिक विश्लेषक भन्छन् ‘९ गतेलाई संसद वैठक आह्वानको सिफारिश, अध्यादेश जारी, नयाँ सरकार गठनको सूचना निकालेपछि पनि प्रधानमन्त्री राती दुई घण्टा शीतल निवास गएर गरेको वा’र्ताको आधारमा आज ठूलै राजनीतिक घट’नाको निर्णय हुनसक्ने आँकलन गर्न सकिन्छ ।

जसरी पनि संसद विघ’टन र ओली सरकारको निरन्तरता नै हिँजो साँझको भेटघाटको मूल विषय हुनसक्ने ‘जनआस्था’ले लेखे’को छ ।

३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया