
काठमाडाैँ/ विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महा’भियोग लगाउन आह्वान गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृंखलाबद्ध रूपमा प्र’हार भइरहेकाे भन्दै चि’न्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गि’राउने, अप’मान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पद’मुक्त गर्दै संसदमा प्रधानमन्त्री ओलीको विप’क्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।’
हे’र्नुस् विज्ञप्तीकाे पूर्णपाठ :-
प्रेस विज्ञप्ति:
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहा’रप्रति विवेकशील साझा पार्टी गम्भीर चि’न्ता व्यक्त गर्दछ।
संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिरा’उने, अप’मान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको वि’पक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।
संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठा’डो उल्ल’ङ्घन भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असं’वैधानिक कदम हो।
प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिश गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्ने जस्तो अनौठो र अत्यन्त अस्वा’भाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिएला ।
त्यसमाथि वैक’ल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघ’टन गरी मध्यावधि चुनावको बहा’नामा मुलुकलाई अस्थिरतातर्फ हो’म्ने पुरानै षड्यन्त्रको निरन्तरता हो ।
हाल विकराल बनेको को’रोना महा’मारीको तेस्रो लहरले झनै भया’वह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्ष’म्य अप’राध हो । संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महा’अभियोग लगाउन र ओलीको विकल्प दिन संसद्मा रहेका सबै विप’क्षी दल तथा सांसदहरू एक ठाउँमा उभिनु अत्यन्त जरुरी छ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
मिति: ०७ जेठ २०७८