सोमबार ३० साउन २०७९

काठमाडौ/ विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत: डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हरा’एका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा परा’जय बेहो’रेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग परा’जित बनेका हुन् ।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेद्वार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।

त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

एमालेको माधव नेपाल प’क्षका मत तान्न नसकेपछि बादलको विजय अस’म्भव बनेको हो । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षी’य गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । माधव नेपालले नै खिमलाललाई उम्मेद्वार बनाउन प्रस्ताव गरेका थिए ।

३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया