मंगलबार १६ आश्विन २०८०

काठमाडौ/ बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको घ’टनामा प्रहरीले धेरै कोणवाट अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्मको अनुसन्धानमा प्रहरीले सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति उच्च निगरानीमा छन्।

कैलालीवाट प्रकाशित समाचार माध्यम दिनेश खबरका अनुसार दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

तर अचम्म लाग्दो कुरा त के भने भागरथी अनुन्धानका क्रमा केही पुराना घ’टनाबारे स्थानीयले बताएका छन्। ती सबको अनुसन्धान हालसम्म नभएको दिनेश खबरले स्थलगत रिपोर्टिगं पनि उल्लेख गरेको छ ।

दोगडाकेदार अन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटनाअघि भएका ५ जनाको ह त्या घटनामा अनुसन्धान नै नभएको उनीहरुले गुनासो गरेका छन्। दोगडाकेदार–७ रिखालीकी करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको २०६५ सालमा ह त्या भएको थियो। तर उक्त घटनाको अनुसन्धान भएन।

यस्तै २०६३ सालमा रिखालीकै गगनसिंह कार्कीको श’व बोरामा फेला परेको स्थानीय नवराज भट्टले बताउँछन्  । गगनसिंहको श’वलाई सनातन धर्म माध्यमिक विद्यालयको छेउबाट सडकमा खसालिएको देखिन्थ्यो । त्यो घटना पनि त्यतिकै अनुसन्धान नगरी छोडियो ।

यस्तै दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै दारकुडी मन्दिरमा मेला भर्न गएका थिए। उक्त मेलामा उनका भतिजा भोजबहादुर पनि थिए। राति नै एकपल्ट भतिजाको झ ग डा हुँदा उनले छुट्याएका थिए। तर बिहान जयसिंहको श’व फेला परेको थियो । परिवारका सदस्यले तीन जना विरुद्ध किटानी जाहेरी दिन प्रहरी कार्यालय गएपनि प्रहरीले जाहेरी नै नलिएको आरोप छ ।

यसैगरी एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको पनि यस्तै घटनामा नि’धन भएको स्थानीय बासिन्दा बताउँछन्। त्यो घटनाको पनि अनुसन्धान गरिएन ।

एउटै गाउँमा भएका यी घट’नामा गुपचुपमा राख्ने गरिएकाले पनि भागरथी घ’टना भएको गाउँलेको भनाई छ ।
विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दो षी भएको स्थानीयको आरोप छ।

यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बुझेको र सबै घटनाको अनुसन्धान थाल्ने बताएका छन्। भागरगी घटनाको अनुसन्धानका लागि दोगडाकेदार–३ को खोचलेक प्रहरी चौकीमा रहेका उनले आफू आइसकेपछि स्थानीय र जनप्रतिनिधिबाट घटनाबारे सुनेको र दुइवटा घटनाका सम्बन्धित व्यक्ति सोमबार आफूसँग छलफल गर्न आउने बताए।

६४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया