मंगलबार ०९ आश्विन २०८०

काठमाडौ/ गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई दोहोरो झ’ट्का लागेको छ । सर्वो’च्च अदा’लतले सात जना मन्त्रीको नियुक्ति’विरुद्ध परेको रि’टमा नियुक्ती ब द र गर्न अन्त’रिम आ’देश दिए पछि उनको गृहमन्त्री पद ग’एको छ । उनी सहित माओवादी छोडेर एमालेमा आएका ७ मन्त्रीको पद खा’रेज भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएका उनीहरुलाई दोस्रो पटक मन्त्री बनाएका थिए । नेकपा विवा’दमा गत फागुन २३ को फैस’लापछि माओवादीमा नफर्की एमालेमा बसेका कारण उनीहरुलाई प्रधानमन्त्रीले समायोजन गर्दै मन्त्री बनाएका हुन् ।

यस अघि संसदवाट विश्वासको मत नपाए पछि पनि राष्ट्रपतिद्धारा संसदको सबैभन्दा ठूलो दलको हैसियतमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले उनीहरुलाई नै मन्त्री परिषदमा दोहोर्याएका थिए ।

बिहीबार प्रधान’न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजला’सले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनासम्ममात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्त’रिम आदेश’मार्फत ब द र गरेको हो ।

अधि’वक्ता कपिल देव ढकाल र रविराज थापाले सात मन्त्रीको नियुक्ती ब द र मा’ग गर्दै सर्वो’च्चमा रि’ट दा’यर गरेका थिए । सर्वो’च्चको आदे’शपछि गृह मन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मु’क्त भएका छन् ।

विहिवार नै भएको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा पनि नेकपा एमालेकै माधव कुमार नेपालको समुहले सहयोग नग’रेका कारण वादलले सो पद पनि नजित्ने सम्भावना अत्य’धिक रहेको छ । माधव नेपालकै सिफारिसमा एमालेकै अर्का नेता डा खिमलाल देवकोटा ‘वादल’को विप’क्षमा उम्मेद्वार बनेका छन् । उनलाई ओली वाहेक अन्य गठबन्धनको समर्थन छ ।

१२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया