बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ निर्वाचन आयोगले आचार संहिता विपरित कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी कानुन बमोजिम निर्वाचन आचार संहिता वि’परित कार्य गर्ने जोकसैलाई कारबाही गर्न सक्ने स्पष्ट पारेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हा’रको पूर्वानुमानका सामाग्र्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधि गरेको देखिएकोले यस तर्फ आयोगको ग’म्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधि सुरु भइसक्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन अपिल नै जारी गरेका छन् । आज उनले आज अपिल जारी गर्दै बादल पार्टीको आधिकारिक उम्मेद्वार रहेको उल्लेख गर्दै मतदान गर्न भनेका छन् ।

ओलीले अपिलमा भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवार’विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृद’यमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विप’क्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।’ यो निर्वाचन आयोगको आचारसंहिता विप’रित हो ।

ओलीले अपिलमा पार्टीको एकतालाई सुदृढ गर्न योगदान गर्न जोड दिदै भनेका छन्,‘यस निर्वाचनमा पार्टीका उम्मेदवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आव्हान गर्दछु ।’ आयोगले सिधै प्रधानमन्त्री ओलीलाई नभनेपनि यसतर्फ समेत संकेत गरेको छ । यसैगरी, निर्वाचनलाई प्रभाव पार्ने गरी अन्तवार्ता दिने क्रम सबै पक्ष’बाट चलेको छ । यसतर्फ पनि आयोग ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया