सोमबार २० आषाढ २०७९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको आचार संहिता उल्लं’घन गर्दै मौन अवधिमा भोटको अपील गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार एक अपील जारी गर्दै नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाका उम्मेद्वार बन्नुभएका रामबहादुर थापा बादललाई जि’ताउन भोट माग्नु भएको छ ।

बिहीबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचन अयोगको कुरा नमान्ने भने मात्रै प्रधानमन्त्री ओलीको अपीललाई आचारसंहिता उल्लं’घन मान्न सकिदैन । किनकी मंगलबार नै निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको जनाउदै एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा आयोगले मंगलबार राति अर्थात् हिँजो जेठ ४ गते रातिबाटै मौन अवधि जारी हुने जनाएको छ ।


निर्वाचन आचारसंहितामा मौन अवधि सुरु भएपछि निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । त्यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनैपनि पाटीका उम्मेद्वारका लागि उसको प’क्ष वा विप’क्षमा रहेर भोट अपील गर्न पाइँदैन । तर प्रधानमन्त्री ओली भने एक अपील पत्र जारी गर्दै रामबहादुर थापा बादललाई जिताउन भोट अपील गर्नु भएको छ ।

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया