सोमबार ३० साउन २०७९

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको विप’क्षमा जति नै गठबन्धन बनाएपनि उनको सरकार ढा’ल्न नसकेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ योजना ल्याएका छन् । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई अघि सार्दा बहुमत नदेखि’एपछि उनले नयाँ योजना ल्याएका हुन् । जसपाका नेता डा बाबुराम भट्टराईले भने जस्तै उनले अब प्रधानमन्त्रीमा नयाँ अनुहार प्रस्ताव गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले साथ नदिँदा देउवालाई प्रधानमन्त्री बनाउने योजना सफल नभ’एको हो । ओलीले आफ्ना मा’ग पुरा गर्ने प्रकृया सुरु गरेकाले ओलीलाई नै साथ दिनुपर्ने निष्कर्ष ठाकुर प’क्षको छ । जसका कारण ओली इतरको सरकार बनाउन उनको साथ नहुँदा बहुमत पुगेन ।

तर, पछिल्लो समय दाहालले आफूनिकट नेताहरुसँग अब ठाकुरलाई नै प्रधानमन्त्रीमा अघि सारेर भएपनि वैकल्पिक सरकार निर्माणको लागि ठोस पहल लिने बताउन थालेका छन् । यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि वा’र्ता गरिरहेको बताइएको छ ।

जसरी पनि ओलीलाई प्रधानमन्त्रीवाट ब्याक गराउन उनले नयाँ योजना ल्याएका हुन् । प्रधानमन्त्री ओलीले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले जेठ १५ गतेभन्दा अगावै विश्वासको मत लिने तयारी गरेको सूचना उनले पाएका छन् । बजेट ल्याउनुभन्दा अघि नै विश्वासको मत लिनेगरी उनी आफ्ना पार्टीका नेताहरुसँग छलफलमा छन् ।

ओलीको यो तयारी थाहा पाएका विप’क्षी दलहरु भने उनलाई विश्वासको मत लिन रो’क्नेगरी छुट्टै छल’फलमा जुटेका छन् । यसको लागि उनीहरुले जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेका छन् । जसपाले पनि आफ्नो नेतृत्वमा सरकार बन्ने बातावरण पाएमात्र ओली वि’रुद्ध अविश्वा’सको मत दिने भन्दै विज्ञप्ती जारी गरेको छ । ओलीको सरकारमा पनि अहिले सामेल नहुने पार्टीको निर्णय छ ।

४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया