मंगलबार ०९ आश्विन २०८०

काठमाडाैं/ को’भिड महा’मारीमा नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीमा जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलो’चना भएको छ ।

तर, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले भने अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको त’र्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।

सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।

मूल्य महँगो भएकाले सरकारले विभिन्न शीर्षकमा लिँदै आएको कर समायोजन हुनुपर्ने सरोकारवालाको जो’ड रहेको छ । यो खबर आज’को नागरिक दैनि’कमा छापि’एको छ ।

१०२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया