
चितवन/ दोस्रो तलावाट हा’म फा’लेर भागेकी श्रीमती युट्युवरको सहयोगमा सम्पर्कमा आएपछि श्रीमानले युट्युवरलाई धन्यवाद दिएका छन् । दुई श्रीमान श्रीमतीबीच जब कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यसपछि दुई जनाको सम्बन्धमा तिक्तता आउन थाल्छ । दोस्रो तलावाट हा’म फा’ले’र लुकेकी श्रीमती सम्पर्कमा आइन् त्यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु उनले भने ।
श्रीमतीलाई उनले पहिल्यै देखि शंका गर्ने गरेका थिए । उनले तिम्रो जिवनमा कोही अर्को छ भनेर प्रश्न गर्दा जहिले पनि कोहीछैन भन्दै आफुलाई झुटो बोल्ने गरेको बताएका छन् । उनी भन्छन्, मेरै कोठामा पुरुषसंग टिकटक बनाएको भिडियो छ । मैले नै अंगालोमा देखेको छु तर प्रहरीले प्रमाण पुगेन भन्छ । ती पुरुष रातको समयमा आफ्नो घरमा आएर आफ्नो श्रीमतीसंग टिकटक बनाएको प्रमाण देखाउँदा पनि प्रहरीलाई प्रमाण नपुगेको बताएका छन् ।
त्यो टिकटक उही पुरुषको आइडीमा आफुले भेटाएको बताएका छन् । आफ्नो श्रीमतीको हरेक टिकटक उही पुरुषको आइडीमा रहेको पनि उनको भनाई छ । अहिले ति पुरुषको श्रीमतीले पनि वहुविवाहको मुद्दा दायर गरेको बताएका छन् । प्रहरीले समेत १५ दिन सम्म खोजी गर्दा फेला नपरेकी श्रीमती सोही पुरुषलाई पक्राउ गरे पछि उसले १५ मिनेटमै प्रहरी सामु ल्याएको बताएका छन् । त्यती हुँदा पनि प्रहरीले प्रमाण पुगेन भनेको बताएका छन् ।
अहिले उनको श्रीमती प्रहरीको हिरासतमा छन् । श्रीमती हराएको दुई दिन पछि पनि श्रीमतीले उही पुरुषको आइडीवाट टिकटक सार्वजनिक गरेको बताएका छन् । हे’र्नुहोस् भिडियो:-