
काठमाडौ/ छोरा साउदी अरव गएको ११ वर्ष भयो अहिले सम्म फ’र्केर आएको छैन । आमा घरमा बलि’न्द्र धारा आँ’शु बगाउँदै भन्छिन्, मलाई धन पैसा केही चाहिएको छैन छोरा तिमी फ’र्केर आउ । तिमीहरु दुई भाई छोरा मेरा लागि दुई रत्न हौ । दमौलीकी यी आमा विदेशमै बसेर घर नआएको हुँदा छोरालाई छिटै घर आउ भन्दै वि’लौना गरेकी छन् ।
गएको केही वर्ष पैसा पनि पठायो त्यती बेलासम्म राम्रै थियो । उनीहरु भारतमै बस्थे । छोराले साउदी जान्छु भनेपछि छोरालाई नेपाल गएर साउदी जा भनेर आफुहरुले नेपाल पठाएका थिए । नेपालमा आएर उनी आफ्नो मामाको सहयोगमा साउदी गएका थिए । मामाले साउदी उडाइ’दिएको थियो, तर कुन कम्पनी मार्फत पठाए भन्ने आमालाई थाहा छैन । ४ वर्ष यता उनले छोरा मदनको आवाज सुन्न पाएकी छैनन् ।
आमा तपाईलाई मोवाइल पनि किनिदिएको छु, म घर आउने तयारीमा छु भनेको छोराले फोन सम्पर्क नै गर्न छोडे’पछि आमा निकै दु:खी भएकी छन् । ४ वर्ष सम्म पनि छोरा नआएपछि उनी मिडियाको स’हारा लिन पुगेको बताएकी छन् ।
ता गोरखाको पालुङ टारको यो घ’टना पनि निकै हृदयवि’दारक छ । बुवा साउदीमा छन् तर घरमा दुई छोराछोरी हुर्काएर बसेकी आमाले एक महिना अघि घर छो’डेकी छन् । अहिले फुपुको संर’क्षणमा बसेका दुई बालबालिका टुहु’रा जस्ता भएका छन् । भाइवुहारी नै घरमा नभएका कारण जेठाजु उनीहरुको खोजीका लागि हिँडेका छन् । लिलमाया गुरुङ घरवाट हरा’एकी छन्, भाई लिलबहादुर साउदीमा छन् ।
चितवनको देवी चोकमा कसैको निम्ता मान्न जान्छु भनेर हिँडेपछि उनी सम्पर्कमा आएकी छैनन् । तिम्रो छोराछोरीको निकै बे’हाल भएको छ बुहारी तिमी आएर सम्हालेर राख हामीलाई कुनै गुना’सो छैन । हामी तिमीलाई कहाँ गयौ भनेर पनि सोध्दै’नौं जेठाजु भन्छन् । उनले साना छोराछोरीको लागि वुहारीको ग’ल्ती पनि स्वीकार गर्ने बताएका छन् । भाइ साउदीमा छ बुहारीले पनि छो’डेर हिँडे’पछि अहिले यी बालबालिका टु’हु रा भएका छन् । भिडियो हे’र्नुहोस्:-