
बुटवल/ बिहेको रमझम सकिएकै थिएन । परिवारमा नयाँ सदस्य ल्याएको खुशी कायमै थियो । तर, त्यो उत्साह अहिले शो’कमा परिणत भएको छ । बिहे गरेको दुई साता नबित्दै एक जनाले ज्या’न गुमाएका छन् भने एक चे’लीको सिन्दुर पुछि’एको छ ।
कोरो’नाकै कारण ज्या’न गुमा’उनेमा बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवाली हुन् । उनको परिवारले वैशाख १५ का लागि बिहेको लगन छिनेका थिए । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडि’कलमा र’गत जाँ’चपछि टाइ’फाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो ।
स्ला’इन चढा’इयो । उनको स्वा’स्थ्यमा सुधार आ’एन । पुनः उप’चारका लागि गए पनि पूरा औ’षधि खाएपछि नि’को हुन्छ भनेर मेडि’कल सञ्चालकले फर्का’इदिए । उता बिहे’को तयारी चल्दै थियो । स’न्चो नभए पनि औ’षधिको भरमा सी’मित जन्तीसहित दीपक दुलही लिन गए । गुल्मीबाट केटी प’क्ष बुटवल आएका थिए ।
बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ बिरामले च्या’पेपछि दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएर पीसी’आर परी’क्षण गराए । अर्को दिन रिपो’र्ट पोजि’टिभ आयो । ‘घरमै हेरचाह गरौंला भनेर अक्सि’जनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्व’रो र खो’की थि’एन ।’
भोलिपल्ट दिउँसो श्वासप्र’श्वासमा सम’स्या भएपछि दीपकलाई मेडिटेक अस्प’ताल पुर्याइयो । अक्सि’जन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित को’रोना विशेष अस्प’ताल लगियो ।
एकरात अक्सि’जनसहित आइसो’लेसनमा राखिए पनि अवस्था नसु’ध्रिएपछि भोलिपल्ट आई’सीयूमा सारियो । १० दिनदेखि उनको आई’सीयूमा उप’चार चलिरहेको थियो ।
तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्प’तालमा अक्सि’जन सकि’एको भन्दै नर्सहरु आ’त्तिए । आधा घण्टासम्म अक्सि’जन आपूर्ति नहुँदा आई’सीयूमा रहेका ५ जनाले ज्या’न गु’माए । त्यसमध्येमा दीपक पनि एक थिए ।