
लन्डन/ को’रोना भाइ’रस (को’भिड–१९) रोक’थाम तथा निय’न्त्रण गर्न बेलायतमा गत वर्षको अ’न्तबाट शुरु भएको लक’डाउन सोमबार (मे १७) बाट खु’कुलो गरिएको छ । को’रोना निय’न्त्रण भएर लक’डाउन खुलेको भन्ने रूपमा लिनु हुँदैन,’ ‘रि’स्क कायमै छ‘ । भौतिक दू’री कायम गर्ने, मास्कको प्रयोग गर्ने, हात धुने र स्यानि’टाइजरको प्रयोग छो’ड्नु हुँदैन सत’र्कता अपनाउनुपर्छ ।’
लक’डाउनपछि टेक’अवेमा मात्र सीमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउ’टडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । सरकारको रो’डम्याप अनुसार नै सोमबारबाट लकडाउनको तेस्रो चरण अनुसार थप सहज गरिएको हो ।
सन् २०२१ शुरु भएयता पहिलोपटक पब, बार , क्याफे र रेष्टुरेन्टमा इन्डोर सर्भिस संचालन भएको छ, तर टेबल सर्भिस मात्र अनुमति दिइएको छ । यसैगरी मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न र रात बिताउन पाउने भएका छन् । केही समय अघिबाट घरबाहिर गार्डेनमा मात्र भेटघाट गर्न पाउने नियम लागू गरिएको थियो । होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् ।
लामो समयसम्म टेकअवे सर्भिसमा सीमित रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरु सरकारको नयाँ नियमसँगै आशावादी र उत्साहित भएका छन् । नयाँ नियम अनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइ’रसको जो’खिम बढी हुने भएकाले स’चेत रहन भने अपिल गरेको छ ।
अन्त्ये’ष्टिमा यसअघि तोकिएको सीमित संख्या सहभागी हुन पाउने नियम हटा’इएको छ । यद्यपि, ठाउँ हेरि सहभागितामा निय’न्त्रण गर्न सकिनेछ । सिनेमा, थिएटर, कन्सर्ट हल र संग्रहालय पुनः खुलेका छन् ।
यसका साथै केटाकेटीको खेल क्षेत्र, इन्डोर खेल गतिविधि र अभ्यास कक्षाहरू, साना र स्टिम कोठा पनि खुला भएका छन् । को’रोना संक्र’मण, मृ’त्युदर र अस्प’ताल भ’र्ना हुनेको संख्यामा क’मी आएसँगै सरकारको पूर्वघो’षित रोडम्याप अनुरुप सोमबारबाट तेश्रो चरणमा लक’डाउन थप सहज गरिएको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार नयाँ भेरियन्टको ड’र बावजुद सरकार पूर्व निर्धारित रोडम्याप अनुसार नै अगाडि बढ्ने बताएका थिए ।