बुधबार २२ मंसिर २०७८

झापा/ नयाँ भेरियन्टसहितको को’रोना भाइ’रसका कारण बि’रामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उप’चार गराउने गरेको पाइएको छ ।

आफूलाई को’रोना सङ्क्र’मण भएको थाहा हुनासाथ सङ्क्र’मितले छुट्टै होम आइसो’लेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर से’वन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो । सा’स फेर्न सम’स्या देखिए सकभर घरमै अक्सि’जन सि’लिण्डर लाने र अक्सि’जन सिलि’ण्डर नपाए मात्रै उप’चारका लागि अस्प’ताल जाने गरेका छन् ।

गौरीगञ्ज गाउँपालिकामा को’रोनाको दोस्रो भेरि’यन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्र’मित रहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्र’मितमध्ये ५० जना होम आइसो’लेशनमा छन् भने दुई जनाले कोशी अस्प’तालमा उप’चार गराइरहेका छन् । कूल सङ्क्रमि’तमध्ये एक जनाको मु’त्यु भइस’केको छ ।

दोस्रो भेरि’यन्ट दे’खा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वा’व सङ्कलन गरिएको स्वा’स्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताउनुभयो । को’रोना सङ्क्र’मित ६० मध्ये सात जना सङ्क्र’मण मु क्त भइसकेका छन् । को’रोना रोक’थाम तथा निय’न्त्रण गर्न गाउँपालिकाले १५ शय्या’को आइ’सोलेशन र ८ वटा अक्सि’जन सिलि’ण्डर तयारी अवस्थामा राखेको छ ।

पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बि’रामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरिय’न्टपछि कोही पनि बिरामी अस्प’ताल आएका छैनन् । शय्या’हरू खाली छन् । बिरा’मीले घरमै उप’चार गराइरहेका छन् ।

गाउँपालिकाका स्वा’स्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटो’कलअनुसार नै बिरामी होम आइसो’लेशनमा बसेको बताउनुभयो । उहाँले होम आइसो’लेशनमा बसेका बिरा’मीहरुसँग नियमितरूपमा स्वास्थ्य’कर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वा’स्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिनुभयो ।

गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले को’रोना सङ्क्र’मित भएको खण्डमा घरमै उप’चार गराउँदै आएका छन् । सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेल लगायतका पत्रकारहरु पनि को’रोना सङ्क्रम’णपछि घरमै उप’चार गराएर स्वास्थ्य’लाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया