आइतबार १७ मंसिर २०८०

काठमाडौं/ को’रोना उप’चारमा प्रयोग हुने औषधिको उत्पादन ब’न्द भएको छ । नेपाली औ’षधि उत्पादक कम्पनीहरूले को’रोना बि’रामीको उप’चारको क्रममा प्रयोग हुने प्यारासि’टामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्र’मणको उप’चारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबा’योटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् ।

विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि द’बाब दिँदै आएको नेपाल औषधि उत्पादक संघले वैशाखयता बारम्बर मूल्य समायोजनका लागि विभागमा पत्र पठाएको छ । संघले विक्री मूल्यभन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले उत्पादन नै गर्न नसकिने अवस्था आएको बताउँदै आएको छ ।

संघका अध्यक्ष नारायण क्षेत्रीले विक्री मूल्यभन्दा लागत मूल्य बढी भएकाले औषधिको उत्पादन गर्न नसकिने अवस्था आएको बताए । १४ वर्षअगाडि सरकारले मूल्य समायोजन गरेकोमा हाल त्यो मूल्यमा औषधि उत्पादन गर्न नसकिने उनले बताए ।

‘अहिले नै ठाउँठाउँमा प्यारासिटामोलको अ’भाव देखिन थालिसकेको छ,’ उनले भने, ‘उत्पादन गरेर घा’टा खाइन्छ भने कसले उत्पादन गर्छ ? व्यवसायीले उत्पादन गर्न छाडेका छन् ।’ यो ख बर आ’जको आर्थिक अभियान दैनि’कमा छापि’एको छ ।

७९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया