शुक्रबार १२ आश्विन २०८०

काठमाडौ/ नेकपा एमालेको वि’वाद समा’धानका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल प’क्षका नेताहरुबीच वा’र्ता जारी छ । नेपाल प’क्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा लैजानुपर्ने श’र्त राखेका छन् । तर अध्यक्ष ओलीले भने नेपाल पक्ष’सँगको वा’र्तामा माओवादी छोडेर आएका रामबहादुर थापा वादललाई पनि सहभागी गराएका छन् ।

आफुहरुले एमालेको नेता नै नमानेका वादललाई सहभागी गराएको बैठकमा सहभागी भएको भन्दै नेपाल प’क्षका नेताहरुले माधव नेपाललाई प्रश्न उठाएका छन् । उनीहरुको विरोधका वाव’जुद प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष’सँग वा’र्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादललाई खटा’उने तयारी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल प’क्षसँग भएको वा’र्तामा प्रधानमन्त्री ओलीले बादललाई लगेका थिए । त्यसपछि नेपाललाई उनकै नेताहरुले वादल सहभागी भएको वैठकमा किन सहभागी भएको भन्दै प्रश्न गरेका थिए । उनीहरुले वादल सहभागी बैठकमा जानु जेठ २ को अवस्थामा पार्टीलाई लैजानुपर्छ भन्ने मा’ग कम’जोर भएको त’र्क गरेका छन् ।

शनिबार नेपाल पक्षी’य केन्द्रीय कमिटी बैठकमा समेत बादल’बिनाको बैठक हुनुपर्ने विचार आएको थियो । तर ओलीले नेपाल प’क्षका नेताको सो भनाईको बेवा’स्ता गरेका छन् ।

८२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया