मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं/ राष्ट्रियसभा उपचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्ने भएको छ । शनिबार राप्रपाको शीर्ष नेताहरुबीच भएको छलफलले उपचुनावमा बादललाई सहयोग गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । त्यसको लागि नेकपा एमालेबाट बादल तथा वि’पक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेद्वार हुनुहुन्छ ।

राप्रपाका प्रदेश सांसद दुई जना रहेका छन् । त्यस्तै स्थानीय तहमा प्रमुख र उप प्रमुख एक छन् । राप्रपाको तर्फबाट चार जनाको मत बादलको प’क्षमा खस्नेछ ।

प्रदेश सांसदको १ मत बराबर ४८ मतभार हुनेछ । स्थानीय तहका प्रमुख वा उप प्रमुखको १८ मातभार हुनेछ । बादलले राप्रपाबाट कुल १३२ मत पाउनुहुने छ ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया