शनिबार २३ मंसिर २०८०

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अप’राधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको घ’टना भएको बताएका छन् । ‘घट’नास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घ’टना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट यो घटना भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए । ‘हामी तुरुन्त दो’षी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने ।

प्रहरी भागरथीको घटनामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य प्रमाण जुटाउन भने बाँकी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

प्रहरी भागरथीको घ’टनामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। ‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं’, उनले भने, ‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ। तथ्यले पुष्टि गरेपछि हामी प’क्राउ गर्छौं।’

विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पनि आउन बाँकी छ। घट’नास्थलबाट संकलित र’गत, भे’जा’इ’नल स्वाब, मोबाइललगायत संकलन गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ। उनले पनि चिनजानकै स्थानीय संलग्न भएको बताए। अप’राधी पत्ता लगाएपछि सबै कथावस्तु आउने उनले बताए। प्रहरीले शंकास्पद धैरैजनासँग सोधपुछ गरिसकेको छ।

घट’नाको दिन घट’नास्थल आसपास देखिएका व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। भागरथीको श’व भेटिएको शनिबार दस दिन पुगेको छ। बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनमा भागरथीको श’व क’र’णी गरेको अवस्थामा फेला परेको थियो। श’व भेटिएको स्थल र बाटोको बीचमा रहेको ढुंगा नजिक भागरथीको छालाको टु’क्रा फे’ला परेका छ। हातको वा कुन ठाउँको छा’ला हो खुल्न सकेको छैन। बाटोबाट उनलाई घ’चेट्दै’ वा घि’सा’र्दै लै’जाँदा ढुं’गामा ला’गी चो’ट लागेर छाला खसेको प्रहरीको आशंका छ। अनुसन्धानमा समुदायले सहयोग गरेकाले अ’परा’धीको नजिक–नजिक पुग्न सकिएको प्रहरीको भनाइ छ। (आजको नागरिक दैनिकबाट।)

७९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया